काठमाडौँ : टी–२० विश्वकपको तयारीमा रहेको नेपालसँग खेल्न वेष्ट इण्डिजको ए टोली आज नेपाल आइपुगेको छ। रोस्टन चेजको कप्तानीमा २ पटकको टी...
विश्वकप क्रिकेटमा अफगानिस्तान जितविहीन बन्दै घर फर्किएको छ।
विश्वकप अन्तर्गत बिहिबार भएको लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित हुँदै अफगानिस्तान अंकविहीन बन्दै घर फर्किएको हो । लिड्समा वेष्ट इण्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २८८ रन मात्र बनाउन सक्यो ।
अफगानिस्तानका इक्राम अलिखिल र रहमत साहले अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । विश्वकपमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने तेस्रो खेलाडी बनेका अलिखिलले ८६ रन बनाए । रहमतले ६२ रन बनाए । वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले ४ तथा केमार रोकले ३ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो। वेष्ट इण्डिजका साही होप, इभिन लुइस र निकोलस पुरनले अर्धशतकीय इनिङ्स खेले । होपले सर्वाधिक ७७ रनको इनिङ्स खेले। ९२ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे।
अफगानिस्तानका डलट जद्रानले २ तथा मोहमद नाबी, सायद सृजाद र राशिद खानले समान १/१ विकेट हात पारे । यो हारसँगै अफगानिस्तानले विश्वकपको सबै खेलमा हार व्यहोरेको छ। लिगको पुछारमा रहदै विश्वकप यात्रा अन्त्य गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।