छापा

संसदीय समितिमा मन्त्री र सभापतिबीच भनाभन

असार २०, २०७६

    काठमाडौं : विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच बिहीबार समितिको बैठकमा भनाभन भएको छ।

    नेपाल समाचारपत्र दैनिकमा समाचार छ, मन्त्री र सभापतिबीच लामै विवाद भएपछि सांसद, पत्रकार र उपस्थितहरु समेत अन्योलमा परेका थिए । सभापतिले बहिरा व्यक्तिलाई पनि सवारी चालक अनुमतिपत्र दिने विषयमा छलफल हुने र सरोकारवालालाई बोलाएको भन्नेबित्तिकै मन्त्रीले त्यसलाई नमान्ने भन्दै तत्काल प्रतिक्रिया दिएका थिए।

    सरोकारवालासँग प्रत्यक्ष छलफल गराउनु व्यावहारिक नभएको भन्दै मन्त्रीले दाबी गरेपछि सभापति खड्काले उनीहरूले मन्त्रीसँग आफ्ना गुनासा राख्न पाउनु स्वभाविक भएको बताइन्। तर मन्त्री महासेठले यसलाई ‘नर्म्स’ र सिद्धान्तअनुसार नभएको भनेर ठाडै अस्वीकार गरे।

    सभापति खड्काले पनि ‘नर्म्स’ र सिद्धान्तअनुसार नै बैठक चलिरहेको दाबी गरिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]