छापा

ठकुरीविरुद्धको प्रमाण कमजोर

असार २०, २०७६

    काठमाडौं : सुडान घोटाला काण्डमा दोषी करार गरिएका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी बिहीबार सर्वोच्च अदालतमा हाजिर भएसँगै जेल परेका छन्।

    उक्त काण्डमा सर्वोच्च अदालतले पूर्व आईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरी, पूर्व एआईजीपी श्यामसिंह थापा र दीपकसिंह थाङदेनलाई दोषी करार गरेको थियो।

    अदालतले राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना गरेको थियो भने पूर्व आईजीपी गुरुङ र ठकुरी तथा पूर्व एआईजीपी थापा र थाङदेनलाई एक वर्ष कैद र ४० हजार रुपियाँ जरिवाना गरेको थियो। पूर्व आईजीपी ठकुरीबाहेक चारैजना यसअघि नै कैद सजाय भुक्तान गरी छुटिसकेका छन्।

    पूर्व आईजीपी ठकुरीका बारेमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको २०७४ वैशाख १७ गतेको संयुक्त इजलासले भनेको छ ‘यी प्रतिवादीले आफ्ना पालामा भुक्तानी दिएको रकमबाट यो यति रकम लिएर खाएको हो भनी देखिएन। प्रमाणको अभावमा यी प्रतिवादीको हकमा बिगो कायम हुनसक्ने देखिँदैन।’ 

    संयुक्त बेञ्चले तयार पारेको सोही फैसलामा पूर्व आईजीपी ठकुरीलाई एक वर्ष कैद र ४० हजार जरिवाना हुने देखियो भन्ने उल्लेख छ। एकातिर ‘रकम लिएर खाएको’ नदेखिएको र ‘प्रमाणको अभाव’ भएको लेखिएको छ भने अर्कातिर कैद र जरिवाना पनि तोकिएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]