खेलकुद

एसीसी यू–१९ क्रिकेट : टस जितेर ब्याटिङमा नेपाल

असार २०, २०७६

    काठमाडौं : एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटमा नेपाल र सिंगापुरबीचको खेल जारी छ। 

    मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा नेपाल टस जितेर ब्याटिङ गरिरहेको छ।  अहिले ओपनरद्वय रित गौतम र पवन सर्राफले ब्याटिङ गरिरहेका छन्। यस अघि आफ्नो पलिहो खेलमा नेपालले चीनलाई १० विकेटको शानदार जीत दर्ता गरेको थियो। 

     समूह 'ए' मा रहेको नेपाल सिंगापुर र चीन रहेका छन्। नेपालको समूहमा रहेको म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएपछि समूह 'ए' मा ३ टिम मात्र छन्।

    यस्तै अर्को समूहमा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड छन्।  दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]