समाज

राडीपाखी बुन्ने सीप सिक्दै जुम्लाका महिला

असार २०, २०७६

    जुम्ला : भेडाबाट उत्पादन हुने ऊन खेर गएपछि जुम्लाका महिला राडीपाखी बुन्ने सीप सिक्न थालेका छन्। सिञ्जा गाउँपालिका वडा नं. ६मा रहेको भाडगाउँका महिला राडीपाखी बुन्ने सिप सिक्न व्यस्त भएका हुन्।  

    नेपाल सरकार घरेलु तथा साना उद्योग विकास समिति मुख्य कार्यालय जुम्लाको सहयोगमा ग्रामीण परिवेश नेपाल संस्थाले सञ्चालन गरिरहेको गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमअन्तर्गत महिलाहरूलाई सिप दिन थालिएको हो। 

    सिपका लागि १८ जनाको डाँफेलेक लघुउद्यम समूह बनाइएको छ। दुई महिनाको तालिम पूरा भएपछि राडीपाखी उत्पादनमा लाग्ने र यसलाई उद्योगकै स्वरूप दिइने समूहका अध्यक्ष जयबहादुर रावतले बताए। उनका अनुसार समूहमा अधिकांश महिला छन्। परम्परागत सिप लिन उनीहरू उत्साहित छन्। तालिममा सहभागी वागसी रोकायाले खेर गइरेको ऊनलाई सदुपयोग गरेर आम्दानी गर्न  सिप सिक्न लागेको बताइन्।

    भाडमा गाउँमा हरेकजासो घरमा कम्तीमा ५० भेडा रहेका छन्। घरमा भेडापालन रहेको छ। एकातिर त्यहाँबाट उत्पादन हुने ऊन व्यवस्थापन हुने र अर्कोतिर आयआर्जनमा फाइदा हुने भएकाले राडिपाखी बुनाई तालिम आयोजना गरिएको घरेलु तथा साना उद्योग विकास मुख्य कार्यालय जुम्लाका प्रमुख हरिभगत श्रेष्ठले बताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]