काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले विश्वकप खेल्ने टोली अहिले नै तय भइनसकेको स्पष्ट पारेका छन्। आयरल्याण्ड ...
विश्वकपमा अस्ट्रेलिया, भारत र इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गरिसके। न्युजिल्यान्ड सेमिफाइनलको संघारमा छ। पाकिस्तान गणीतिय सम्भावनासहित अन्तिम चारको होडमा बाँकी रहेको छ। त्यसैले जारी विश्वकपमा अन्तिम चारको टुंगो पाकिस्तान र बंगलादेशबीचको खेलले तय गर्ने छ।
यद्यपि पाकिस्तानको सेमिफाइनल प्रवेश त्यति सहज भने छैन। उसले बंगलादेशविरुद्ध पहिलो ब्याटिङ गर्दे कम्तीमा ३०० बढी रन अन्तरको जित निकाल्नु पर्नेछ, जुन बंगलादेशविरुद्धको खेलमा असम्भव जस्तै हो। पाकिस्तान बाहिर भएको खण्डमा भारतको सेमिफाइनल भिडन्त इंग्ल्यान्ड वा न्युजिल्यान्डसँग हुने सम्भावना बलियो छ।
यस्तो भए पाकिस्तान सेमिफाइनलमा
पहिलो ब्याटिङ गर्दे पाकिस्तानले ३५० को लक्ष्य दियो भने बंगलादेशलाई ३९ रनमा अलआउट गर्नु पर्नेछ। अर्थात् ३११ रनले पाकिस्तानले खेल जित्नु पर्नेछ।
यदि पाकिस्तानले ४०० रनको लक्ष्य दिए उसले बंगलादेशलाई ८४ रनमा अलआउट गर्नु पर्नेछ। अर्थात् खेल ३१६ रनले जित्नु पर्नेछ।
त्यस्तै पाकिस्तानले ४५० रन बनाए बंगलादेशलाई १२९ रनमा समेट्नु पर्नेछ। अर्थात पाकिस्तानले खेल ३२१ रनले जित्न जरुरी छ।
पहिलो ब्याटिङ बंगलादेशले गरे के हुन्छ ?
यदि पाकिस्तानविरुद्ध अन्तिम खेलमा बंगलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको खण्डमा पाकिस्तान पहिलो बल फ्याँक्नु अघि नै सेमिफाइनलबाट बाहिरिने छ। किनकी लक्ष्यको पछ्याउनु भनेको आफ्नो रनरेट बढाउनु मात्र हो। जुन सेमिफाइनलबाट न्युजिल्यान्डलाई बाहिर पठाउन पर्याप्त हुने छैन।
भारत–पाक भिडन्तको संभावना गणीतीय
यदि पाकिस्तानले असम्भव लाग्ने सफलता हात पारेमा उसले न्युजिल्यान्डलाई पछि पार्दै सेमिफाइनल प्रवेश गर्नेछ। यो स्थीतीमा अस्ट्रेलियाले आफ्नो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएमा र श्रीलंकालाई भारतले जितेमा भारत पाकिस्तान फेरि एकपटक आमुन्ने सामुन्ने हुने सम्भावना रहने छ। किनकी भारत शीर्ष स्थानमा र पाकिस्तान चौथो स्थानमा हुनेछन्।
पहिलो सेमिफाइनल ९ जुलाईमा
पहिलो सेमिफाइनल ९ जुलाईमा हुँदै छ, जसमा अंक तालिकाको शीर्ष टिमको भिडन्त चौथो स्थानमा रहेको टिमसँग हुनेछ। अंक तालिकामा अस्ट्रेलियाको १४, भारतको १३, इंग्ल्यान्डको १२, न्युजिल्यान्डको ११ र पाकिस्तानको ९ अंक छ। समूह चरणमा अब भारत, अस्ट्रेलिया र पाकिस्तानको समान १–१ खेल खेल्न बाँकी छ। त्यसैले अझैपनि सेमिफाइनलमा एक अर्काको प्रतिद्वन्द्वीको तय हुन अन्तिम खेलसम्म कुर्नु पर्नेछ।
भारतको सेमिफाइनल प्रतिद्वन्द्वी अस्ट्रेलियाको हातमा
यदि अस्ट्रेलियाले आफ्नो अन्तिम लिगमा दक्षिण अफ्रिकालाई हराएमा अस्ट्रेलिया शीर्ष स्थानमा रहने छ। यस्तोमा ११ तारिखमा भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल खेल हुनेछ। तर अस्ट्रेलिया खेलमा पराजित भए र भारतले आफ्नो अन्तिम खेलमा श्रीलंकालाई हराए १५ अंकका साथ भारत शीर्ष स्थानमा पुग्नेछ। यस्तोमा भारतको भिडन्त चौथो स्थानमा रहने बलियो सम्भावना भएको न्युजिल्यान्ड र गणीतीय सम्भावना बाँकी रहेको पाकिस्तानमध्ये एकसँग हुनेछ। यस्तो समिकरणमा अस्ट्रेलियाले इंग्ल्यान्ड प्रतिद्वन्द्वी पाउनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।