खेलकुद

एसिसी यू–१९ क्रिकेट : नेपालको आक्रामक ब्याटिङ, रीत गौतमले बनाए शतक

असार २०, २०७६

    काठमाडौं : एसिसी यू १९ इस्टर्न रिजन क्रिकेटमा नेपालले सिंगापुरलाई ३२७ रनको चुनौती पेस गरेको छ। मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा नेपाल टस जितेर पहिले ब्‍याटिङ गर्दै चार विकेट बनाएर ३२६ रन बनायो।

    नेपालका ओपनर रित गौतमले शतकिय पाली खेले। उनले एक सय ३७  बलको सामना गर्दै ११५  रनमा नटआउट रहे। त्यस्तै खडकबहादुर बोहराले ९० रनको योगदान गरे।

    उनले ९० बलकै सामना गर्दै १२ चौका हिर्काए। त्यस्तै मध्य क्रममा ब्याटिङमा आएका कुशल मल्लले आक्रामक  ब्याटिङ गर्दै ५ छक्का र चार चाैकाको मद्दतले ५१ रनमा नटआउट रहे। 

    सिंगापुरका लागि प्रणव सुदर्शन राजेश किसन र विनित क्षितेश मेहताले समान २ विकेट लिए। ३२७ रनको विजयी लक्ष्यसहित सिंगापुरले केहिबेरमा जवाफी ब्‍याटिङ गर्नेछ।

    समूह ‘ए’ मा रहेको नेपाल सिंगापुर र चीन रहेका छन्। नेपालको समूहमा रहेको म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएपछि समूह ‘ए’ मा ३ टिम मात्र छन्। 
    यस्तै अर्को समूहमा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड छन्। दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]