समाज : सुरक्षा/अपराध

२५ लाख बिमा रकमको लोभमा बाबुद्वारा छोरीको हत्या

असार २०, २०७६

    रौतहट : २५ लाख बिमा रकमको लोभमा परेर बाबुले ४ वर्षीया नाबालिका छोरीको हत्या गरेका छन्। रौतहटको मौलापुर नगरपालिका-६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले गत १६ गते ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरी पोखरीमा फालेको अवस्थामा १७ गते बिहान शव फेला परेको थियो।

    जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हातपार्नका लागि नबालिका छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए।

    नाबालिका लक्ष्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा रामकिशोरले बिमाको ठूलो रकम हातपार्न आफ्नै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरेको रहस्य खुलेपछि हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

    नियन्त्रणमा लिएको यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट मुलुकी अपराधसंहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्यअगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए।

    रौतहटको गरुडामा रहेको प्रभु बैंकमा २५ लाखको कान्छी छोरीको नामबाट बिमा गराएको २९ औं दिनमा हत्या गरेको बुझिएको छ। आर्थिक अवस्था कमजोर भएको हुँदा पैसा कमाउने दाउमा बाबुद्वारा छोरीको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको उनले बताए।

    बिमाबापतको पहिलो किस्ता करिब पौने २ लाख उनले बैंकलाई बुझाइसकेका थिए। यो बीचमा उनलाई कसैले सुनाइ दियो बिमा गरेको एक महिनामै यदि बिमकको निधन भएका डबल (दुई गुणा) रुपैयाँ फिर्ता पाइन्छ। उनलाई छोटो समयमै धेरै पैसा कमाउने लोभ लाग्यो।

    कसैले भनेको यही कुरा छोरीको हत्याको कारण बन्यो। उनले छोरीलाई घरमै कुटपिट गरे र हत्या गरे। हत्यापछि छोरीको शव पोखरीमा फालेर आफैँले छोरी हराएको भन्दै प्रहरीमा खबर गरेका थिए।

    प्रहरी हिरासतमा रहेका यादव तत्कालीन माओवादीले गरेको सशस्त्र द्वन्दमा समेत सामिल भएका थिए। द्वन्दकै क्रममा उनी विभिन्न मुद्दामा २०५८ सालदेखि ६१ सालसम्म  जेलसमेत बसेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]