समाज

भारतबाट आयातित तरकारीको धमाधम विषादी परीक्षण

असार २०, २०७६

    काठमाडौं : भारतीय दूतावासले भारतबाट आएका तरकारीको विषादी परीक्षण नगर्न दबाब दिएको बताइरहँदा कालीमाटी तरकारी तथा फलफूल बजारमा १० दिनदेखि भारतबाट आयातित तरकारीको विषादीको नमुना परीक्षणलाई तीव्रता दिइएको छ। नेपालमा उत्पादित तरकारीको विषादी परीक्षण रोकी भारतमा उत्पादित गरेर आयात गरिएका तरकारीको विषादी परीक्षण भइरहेको कालिमाटी तरकारी तथा फलफूल बजारले जनाएको छ।

    कालिमाटी तरकारी तथा फलफूल बजारमा दैनिक ५० बढी तरकारीको ट्रक आउने आउने गरेका छन्। सबैभन्दा बढी तरकारी भारतबाट आइरहेको द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटी नायब प्राविधिक सहायक जागेश्वर शर्माले बताए। उनका अनुसार भारतबाट आयातित तरकारीको मात्र विषादी परीक्षण गरिएको छ। भारतको तरकारीमा बढी विषादी भएकोले पनि भारतको तरकारीको मात्र विषादी परीक्षण गरिएको उनको भनाइ छ।

    'भारतमा उत्पादित तरकारीमा बढी मात्रा विषादी पाइएकोले भारतको तरकारीको विषादी परीक्षण गर्न वाणिज्य आपूर्ति मन्त्रालयबाट आदेश आएको छ' उनले भने ' प्रयोगशालामा दैनिक २०-३० वटा तरकारीको विषादी परीक्षण भइरहेको छ। नाकाबाट अहिले सोझै तरकारीको सेम्पल आइरहेकोले भारतको मात्र परीक्षण भइरहेको छ।' 

    उनका अनुसार भारतबाट आयातित आलु, प्याज, आँप, केरा, मौसमी, एभोकाडो, तरबुजा र मेवाको विषादी परीक्षण भइरहेको छ। तर, नेपालमा उत्पादित तरकारीको विषादी परीक्षण भएको छैन। नेपालमा उत्पादन भएको तरकारीको परीक्षण नभएको १० दिनभन्दा बढी भइसकेको छ। नेपालमा उत्पादित तरकारीमा विषादी नै हुँदैन भन्ने होइन तर खान योग्य छ कि छैन त्यसको मात्रा मापन गरिने उनले जानकारी दिए।   

    भारतीय दूतावासबाट नेपाल सरकारलाई तरकारी परीक्षण नगर्न दबाब दिएको शर्मा स्वीकार्छन। भारतका व्यापारीले नेपालस्थित भारतीय दूतावासलाई दबाब दिएको कारणले दूतावसाले पनि दबाब दिएको हुनसक्ने उनले बताए। प्रयोगशालामा अहिलेसम्म परीक्षण रोक्नु भनेर दबाब भने नआएको उनले उनले बताए।

    भारतको तरकारीमा अहिलेसम्म कुनै पनि विषादी नभेटीएको शर्माको दाबी छ। उनले भने, 'आजसम्म चेकगर्दा त्यस्तो विषादीको मात्रा भेटिएको छैन।' मुख्यमुख्य नाकामा पनि भारतीय तरकारीको विषादी परीक्षण भइरहेको उनले बताए।

    मन्त्रिपरिषदको असार २ गतेको निर्णयअनुसार राजपत्रमा सूचना निकालेर भन्सारमा तरकारीको विषादी चेकजाँच गर्न थालिएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]