काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा बिहान ८ बजे शुरु भएको हो। पहिलो दिन बिहीबार अनिवा...
मुसीकोट नगरपालिकाले लिन्छ प्रतिट्याक्टर ६ सय
रुकुम : रुकुम पश्चिमका केही स्थानीय तहहरूले नियमविपरीत सानीभेरी नदीबाट बालुवा गिट्टी निकासीमा अनुमति दिएको पाइएको छ। जेठ मसान्तदेखि असोजसम्म नदीबाट बालुवा गिट्टी उत्खनन गर्न पाइँदैन।
त्यसपछि पनि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टको आधारमा बालुवा निकासीको निर्णय हुन्छ। तर रुकुममा जेठ मसान्तमा नै बन्द हुनुपर्ने बालुवा गिट्टी निकासी असारको दोस्रो सातासम्म पनि अनुमति दिइएको पाइएको हो।
दुई स्थानीय तहले काटे निकासी रसिद
रुकुम पश्चिमको मुसिकोट र सानीभेरी गाउँपालिकाले असारको दोस्रो सातासम्म पनि सानीभेरी नदीबाट बालुवा गिट्टी निकासीका लागि पुर्जी काटेको पाइएको छ। सानीभेरी नदी किनारबाट झिकिने उक्त बालुवाको लागि मुसिकोट नगरपालिकाले एक ट्याक्टरको ६ सय र सानीभेरी गाउँपालिकाले एक ट्याक्टरको ५ सय रुपैयाँ लिएर बालुवा निकासीमा अनुमति दिएको पाइएको हो।
बन्द हुने समयमा पनि बालुका निकासी भएको भेटिए पनि शनिबार बालुवा बोकेका केही ट्याक्टरहरूलाई प्रहरीले नियन्त्रणमा पनि लिएको थियो। त्यसपछि नियन्त्रणमा लिएका ट्याक्टरहरूले स्थानीय सरकारबाट नै निकासी रकम तिरेर बालुवा ल्याएको पत्ता लागेको हो।
अहिले बालुवा निकासी गर्न पाइँदैन : प्रमुख शर्मा
जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले स्थानीय तहहरूले नियम विपरित नदिबाट बालुवा गिट्टी निकासीमा अनुमति दिएको आफूहरूलाई पनि जानकारीमा आएको बताए।
स्थानीय तहहरूले नै आम्दानी रसिद काटेर बालुवा निकासी गरेका केही ट्याक्टरहरू आफूले नै भेटेको उनको भनाइ थियो। ‘मैले पनि बालुवा ल्याएका ट्याक्टरहरू भेटाए र सोधखोज गर्दा स्थानीयतहबाटै रसिद काटेर ल्याइएको रैछ’ उनले भने, ‘स्थानीय तहबाट रसिद काटेर पनि अहिले बन्द गर्ने समयमा बालुवा गिट्टी निकासी गर्न पाइँदैन, अब कुनै पनि तहबाट यस्तो कार्य नहोस् भनेर मैले जानकारी पनि गराएको छु।’
बालुवा गिट्टी निकासीका लागि आर्थिक पाटो स्थानीय सरकारकै भए पनि फुकुवा गर्ने वा नगर्ने भन्ने जिल्ला सभाबाट वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टको आधारमा हुने गर्दछ। वर्षातको समयमा गिट्टी बालुका नदीबाट तान्न नदीको बहावलाई प्रभाव पार्ने भएकोले रोक्ने गरिन्छ।
त्यस्तै गिट्टी बालुवा निकासी गर्दा ठेक्का आह्वान गर्नुपर्ने व्यवस्था भए पनि अहिले स्थानीय सरकारहरूले आफूखुसी नगदी रसिद काटेर नै निकासीमा अनुमति दिँदै आएको पाइएको हो।
स्थानीय सरकार भन्छ- लुकीचोरी भयो होला, अब पूर्णरूपमा रोक्छौँ
सानीभेरी गाउँपालिका रुकुम पश्चिमका प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्ललाई यस विषयमा बुझ्न खोज्दा लुकीचोरी भएको हुनसक्ने बताइन्। तर बालुवा निकासी गर्दा भने गाउँपालिकाकै आम्दानी रसिद काटेर निकासी अनुमति दिइएको पाइएको थियो।
‘असार १ गतेदेखि बालुवा निकासी रोक्ने भनिएको हो, पछिसम्म पनि कसरी निकासीको लागि रसिद काटियो यस विषयमा मैले बुझ्छु’ उनले भनिन्, ‘बालुवा निकासी रोक्न बैठकमार्फत निर्णय गरेर वडामा पनि निर्देशन पठाएका छौँ, अब त्यस्तो हुँदैन।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।