समाज

मदिरा बेच्ने होटल व्यवसायी पक्राउ

असार २०, २०७६

    रुकुम : रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा मदिरा बिक्री गरेको अभियोगमा एक जना होटल व्यवसायी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत गुरुवाकोट घर भई हाल आठबिसकोट नगरपालिका ९ मा होटल व्यवसाय गर्दै आएका ५६ वर्षीय रुद्रओली रहेका छन्। 

    राति अबेरसम्म होटल खोलेर मदिरा बिक्री वितरण गरिरहेको पाइएपछि पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए। उनका अनुसार आठबिसकोटमै एक होटल व्यवसायी महिलाले समेत होटलमा मदिरा राखेको फेला परेपछि केही समय नियन्त्रणमा लिई आगामी दिनमा मदिरा बिक्री नगर्ने सर्तमा परिवारको जिम्मासमेत लगाइएको छ। 

    मदिरा मुक्त घोषणा भइसकेको नगरपालिकाभित्र होटेलमा मदिरा बिक्री गरेको भनी उनीहरूलाई पक्राउ गरिएको हो। असार ९ गते आठबिसकोट नगरपालिका मदिरा मुक्त घोषणा गरिएपछि मदिरा सेवन तथा बिक्री वितरण गर्नेलाई जरिवानासहित कारवाही गर्न थालिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]