समाज

असहाय बालबालिकालाई शैक्षिक सामग्री, मजदुरको निःशुल्क स्वास्थ्य बीमा

असार २०, २०७६

    सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाले नगरभित्रका अभिभावकविहीन असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।

    एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरको १४ वटै वडाका ७५ जना अभिभावक नभएका साहाराविहीन बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन्। नगरपालिकाले शैक्षिक सामग्री दिएपछि बालबालिका खुसी भएका छन्।

    नगरका सम्बन्धित वडा कार्यालयले अभिभावकविहीन असहाय भनी सिफारिस गरेका ७५ जना बालबालिकालाई उनीहरूको शैक्षिक विकासका लागि सहयोग गरिएको प्रमुख खत्रीले बताए। ‘प्रत्येक वडाले सिफारिस गरेका मजदुर, विपन्न, गरिब, असाहयलाई वडाका ५ जनाको दरले शैक्षिक सामग्री वितरण गरेछौं। उनीहरूलाई एक सेट विद्यालय पोसाक दिनका लागि हामीले नापजाँप गरेर सिलाउन पठाएका छौँ’ उनले भने।

    प्रमुख खत्रीले नगर क्षेत्रभित्र काम गर्ने मजदुरका, विपन्न, दलित र गरिवका बालबालिकाको पढाइको व्यवस्था नगरले नै गर्ने योजना रहेको बताए। ‘नगरभित्र धेरै मजदुर, विपन्न, दलित छन्। उनीहरू दैनिकी गुजाराकै लागि काममा व्यस्त हुन्छन् उनीहरूले छोराछोरीको पढाइमा ध्यान नै दिँदैनन्। त्यस्ता अभिभावकका छोराछोरी र कुनै साहाराविहीन बालबालिकालाई कुनै विद्यालयसँग समन्वय गरेर दिनभरी पढाउने छ। बिहान दिउँसो बालगृहमा बस्छन् र पढ्छन। बेलुका अभिभावकले लैजान्छन्' उनले भने।

    साहाराविहीन बालबालिका बस्नका लागि बालगृह निर्माण गर्न आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा केही रकमको व्यवस्था उनले जनाए।

    उनले आगामी आर्थिक वर्षदेखि नगरक्षेत्रका मजदुरको स्वास्थ्य बीमा गर्न नगरपालिकाले २० लाख बजेट विनियोजन गरेको पनि बताए। ‘आगामी आर्थिक वर्षदेखि नगर क्षेत्रभित्र गिट्टीदेखि अन्य मजदुरीको काम गर्ने मजदुको स्वास्थ्य बीमा गर्नेछौँ। त्यसका लागि कार्यविधि बनाएर पहिला मजदुरको तथ्यांक संकलन गछौं र स्वास्थ्य बीमा गर्छौं’ उनले भने। 

    मदजुरको स्वास्थ्य बीमाबाट बचेको पैसाबाट बालगृह बनाउने योजना रहेको उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]