काठमाडौँ : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्...
काठमाडौं : जर्मनले नेपाललाई ३ अर्ब २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
अर्थसचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदूत रोलान्ड सेफरबीच शुक्रबार काठमाडौंमा जर्मनले नेपाललाई सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपालको दूर्गम क्षेत्रको सौर्य ऊर्जा, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरिएको सचिव खनालले जानकारी दिए।
कार्यक्रममा बोल्दै नेपालका लागि जर्मनका राजदूत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्न सदा तयार रहेको बताए। जर्मनले नेपालको सामाजिक–आर्थिक विकासका लागि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।