काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद आरजू राणा देउवाको हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको छ।&nbs...
काठमाडौं : उपप्रमुख हरिप्रभा खड्कीलाई 'माइनर हट्याट्याक' भएको अस्पतालले जनाएको छ। एन्जजियोग्रामको रिपोटमा खड्कीलाई 'माइनर हट्याट्याक' भएको पुष्टि भएको थापाथलीस्थित नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले बताए।
ह्यदयघात भएको पुष्टि भएपछि उनलाई कम्तिमा दुई दिन अस्पतालमा नै राखेर उपचार गरिने उनले बताए। उनले भने ‘उहाँलाई माइनर हट्याट्याक भएको एन्जियोग्राम रिपोर्टले देखाएको छ। जसले गर्दा अझ एक/दुई दिन उहाँ अस्पतालमै रहनुहुने छ।'
शुक्रबार बिहान छातीमा अत्यधिक पीडा महसुस भएपछि उपप्रमुख खड्गीलाई अस्पताल भर्ना गरिएको थियो। हाल उनको नर्भिक अस्पतालको २ सय ९ नम्बर सिसियूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।