काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भेट गरेका छन्। आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको स...
काठमाडौं : थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष एवम् सांसद गङ्गा चौधरी (सत्गौँवा) लाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
पार्टीका अध्यक्ष भानुराम थारुले विज्ञप्ति जारी गरी पार्टीको विधि, विधान, नियमावली, घोषणापत्र, निर्णय, नीति निर्देशन विपरीत काम गरेको भन्दै निष्कासन गरिएको जानकारी दिएका छन्। विज्ञप्तिमा पटकपटक सचेत गराउँदा पनि अनुशासन उलङ्घन गरेको र थरुहट आन्दोलन, सहिदको बलिदानीको अपमान गरेको उल्लेख छ।
थरुहट आन्दोलनमा उठाएका मागलाई लत्याउँदै पार्टीलाई धोका दिएको, निहीत स्वार्थपूर्तिका लागि काम गरेको, सांसद पद जोगाउन र पहिचान तथा अधिकार विरोधी शक्ति केन्द्रको लोभलालचमा परी नयाँ पार्टी खोल्नेसम्मको हर्कत गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।