मनोरञ्जन

अनु भइन् मिसेस नेपाल

असार १९, २०७३

    काठमाडौं- विवाहित महिलाको सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल २०१६' को उपाधि अनु शर्माले जितेकी छिन्। काठमाडौंमा शनिबार भएको प्रतियोगितामा अनुले ३४ जनालाई पछाडि पारेकी हुन्।

    राष्ट्रिय नाचघरमा भएको तेस्रो मिसेस नेपालमा तृष्णा प्रधान फष्ट रनर्सअप, सन्ध्या थापा सेकेन्ड, सरस्वती साहनी थर्ड तथा मुना पौडेल फोर्थ रनर्सअप भए।

    प्रतियोगितामा सविया स्वार अमात्य मष्ट पपुलर, पूनम थापा भ्युअर्स च्वाइस र मष्ट इन्टुलेेक्चुअल, रेनु बस्नेत ब्युटी विथ पर्पस, जिस्वाँन तुलाधर सोसल्ली रेस्पोन्सिवल, जानकी प्रजापती श्रेष्ठ मिसेस ट्यालेन्ट, रेणुका बज्रचार्य मिसेस क्याटवाक घोषित भए।

    त्यस्तै सविना थपलिया मष्ट पङच्युअल, डोलकुमारी श्रेष्ठ केसी बेष्ट आर्टवर्क, ज्ञानु छन्त्याल बुढा बेष्ट फिजिक, निर्मला चौधरी मष्ट फेन्डली, संगीता रौनियार मष्ट चार्मिङ, सनिता पराजुली मष्ट कन्फिडेन्ट, अम्बिका मल्ल मष्ट ब्युटीफुल, कविता राई नेम्बाङ मिसेस कन्जिनियालिटी, बविता तिमल्सिना मष्ट एक्टिभ, सुस्मिता शेरचन मेनेजमेन्ट च्वाइस अवार्ड, पुनम प्रधान मष्ट पर्फेक्ट घोषित भए। त्यसैगरी ममता कार्की फेसबुक च्वाइस अवार्ड र वेष्ट हेयर, लक्ष्मी अर्याल बेष्ट स्माइल, मानु शाहु मष्ट फोटोजेनिक, निलम शाही थापाले मिसेस आइकनिकको उपाधि हात पारिन् ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]