काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा एमालेले आफूलाई भाइ कांग्रेस बनाउन नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ...
कञ्चनपुर : कृष्णपुर नगरपालिका ९ को कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ। वडा अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका कार्यकर्ताले तालाबन्दी गरेका हुन्।
आफू अनुकूलका ठाउँमा मात्रै वडा अध्यक्षले वडावासीको राय सल्लाह नलिइ बजेट विनियोजन गरी एकलौटी ढंगले कार्य अगाडि बढाउँदै आएकाले त्यसका विरुद्ध तालाबन्दी गरिएको कांग्रेसका कार्यकता गजेन्द्र सिंहले बताए। 'वडा भेला नबसी बजेट विनियोजन गरेका छन्' उनले भने, ‘भेला बसेको सूचनासम्म दिइएको छैन।’
'हामीलाई पन्छायो भन्ने आरोप लगाइएको छ। त्यसमै उहाँहरूको असन्तुष्टि हो' वडा अध्यक्ष छत्र बहादुर महराले भने, ‘व्यक्तिगत रुपमा कसैलाई पनि सूचना गरिँदैन। सार्वजनिक सूचना जारी गरेर वडा भेलाबारे जानकारी दिएका हौँ।’
ताला खोल्नका लागि सोमबार छलफल गरी निकास खोजिने उनले बताए। नगर प्रमुख स्वास्थ्योपचारका लागि काठमाडौं गएकाले फर्केपछि तालाबन्दी गर्नेहरूको समस्याबारे छलफल गरी निकास निकालिने उनको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।