समाज

विद्यालय समयमा शिक्षकलाई भेट्दिन : नगरप्रमुख पाण्डे

साउन २८, २०७६


    दाङ : तुलसीपुर उपमहानगरपालिकाले विद्यालय समयमा विभिन्न काम लिएर आउने शिक्षकलाई भेट नदिने वताएका छन्।

    मंगलबार तुलसीपुर उपमहानगरपालिकाका ८३ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण गर्दै नगरप्रमुख पाण्डेले काजको वहानामा कतिपय शिक्षक स्कुलको समयमा पनि स्कुलमा नवस्ने भएकाले यस्तो प्रवृत्तिको अन्त्यका लागि आफूले यस्तो कदम उठाउनु परेको वताए।

    'विशेष कामवाहेक शिक्षकलाई १० देखि ५ सम्म भेट्दिन' नगरप्रमुख पाण्डेले भने। त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाले शिक्षाको अवस्था सुधारका लागि शिक्षक मुल्यांकन प्रक्रिया अगाडि बढाउने भएको छ।

    उपमहानगरपालिकाले प्रधानाध्यापक र प्रधानाध्यापकले शिक्षकसँग कामको करार सम्झौता गर्ने भएका हुन्। 'कामको लक्ष्य निर्धारण नगर्दा पनि उपलब्धि सही ढंगले आउन सकिरहेको छैन। अव यस्तो हुने छैन' नगरप्रमुख घनश्याम पाण्डेले भने। उनले कार्यसम्पादन मूल्यांकन बनाएर त्यसको निरन्तर अनुगमन समेत गरिने कुरामा जोड दिए।

    'काम गर्ने जाँगर नहुनेलाई तलव पकाउनका लागि मात्रै शिक्षक बन्ने अधिकार छैन' उनले भने। शिक्षा क्षेत्रमा अहिले पनि केही कानुनी जटिलता भएको भन्दै शिक्षा सुधारको सबै जिम्मेवारी स्थानीय तहमै हुने उनको भनाई थियो। पछिल्लो समय सामुदायिक विद्यालयमा केही परिवर्तन आएको भए पनि लगानीका हिसावले आशातित परिवर्तन आउन नसकेको उनको भनाई थियो।

    तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले सामुदायिक विद्यालयलाई अनुदान दिएको भए पनि काम सही ढंगले अगाडि वढ्न नसकेको उनको भनाई थियो।

    'एसइइमा राम्रो नतिजा ल्याउँदैनन्। अनि कसरी प्राविधिक विषय पढ्ने?' उनको प्रश्न थियो। विद्यार्थीलाई सिकाउने, विद्यालयमा टिकाउने र विकाउने वनाउनका लागि विद्यालयले ध्यान दिनुपर्ने उनको भनाई थियो। विद्यार्थी पास गराएर मात्रै शिक्षाको गुणस्तर सुधार हुन नसक्ने वताउँदै पाण्डेले राम्रा विषय पढ्नका लागि योग्य समेत हुनुपर्ने कुरामा जोड दिए।

    प्रधानाध्यापकको हातमा विद्यालयको भविष्य हुने भएकाले विशेष गरेर प्रधानाध्यापक यसतर्फ केन्द्रीत हुनुपर्ने नगरप्रमुख पाण्डेको भनाई रहेको थियो। उनले राम्रो गर्छु भन्ने प्रधानाध्यापकलाई सम्मान र राम्रो गर्न नसक्नेलाई विदाइ दिने गरी उपमहानगरपालिकाले योजना वनाएको उनको भनाई थियो।

    विद्यालय व्यवस्थापन समितिमा गैर अभिभावक रहेको बताउँदै नगरप्रमुख पाण्डेले तत्काल सुधारका लागि अगाडि बढ्न आग्रह समेत गरे। धेरै प्रधानाध्यापकहरू काजका नाममा धेरै जसो विद्यालय वाहिर रहेको गुनासो आएको भन्दै उनले अनिवार्य काज लिनुपर्ने शिक्षा समितिको स्वीकृति हुनुपर्ने कुरामा जोड दिए।

    'विदाको समयवाहेक अन्य समयमा भेट्न आउने शिक्षकलाई मैले भेट पनि दिँदैन' उनले वताए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]