राजनीति

मन्त्रीको गुनासो : सरकारका राम्रा काम प्रचार भएनन्

साउन २८, २०७६

    धनगढी : सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले सरकारले गरेका राम्रा कामबारे जनता अनविज्ञ हुन थालेको बताएका छन्।

    प्रदेशसभाको मंगलबारको बैठक विशेष समय लिएर बोल्दै मन्त्री शाहले सरकारले दुर्गम क्षेत्रका नागरिकका लागि अत्याधुनिक एम्बुलेस खरिद र प्रहरीलाई भ्यान दिने विषयमा नागरिक जानकार नरहेको बताए।

    ‘आर्थिक वर्ष २०७५/०७६ मा हामीले प्रदेशका जनताका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेका छौँ, त्यसको राम्रो समाचारको सम्प्रेषण जनतामा हुन सकेन’ मन्त्री शाहले भने।

    शान्ति सुरक्षाका विषयमा पनि प्रदेश सरकारले गरेको पहलबारे नागरिक अनविज्ञ रहेको उनले बताए। प्रदेश सरकारले सकारात्मक काम गरिरहेका बेला पनि नकारात्मक प्रचार भइरहेको भन्दै मन्त्री शाहले गुनासो गरे।

    ‘प्रदेशका शान्ति सुरक्षाका लागि यहाँका प्रहरीलाई पिक आफ भ्यान किनेका छौँ यस विषयमा पनि नागरिकलाई थाहा छैन’ मन्त्री शाहले भने, ‘यति राम्रो काम गर्दा पनि जनतामा प्रदेशका मन्त्रीहरूले विलासिताका गाडी किन्यो भनेर नकारात्मक भ्रम फैलाउने काम भएको छ।’

    आइतबारको प्रदेशसभा बैठकको शून्य समयमा प्रदेशसभा सदस्यले उठान गरेका विषयमा मंगलबारको प्रदेशसभा बैठकमा मन्त्री शाहले जवाफ दिएका हुन्। पत्रकार दिलबहादुर छत्यालसँगको संवाद पनि बाहिर सार्वजनिक भएजस्तो नभएको उनले बताएका छन्। ‘पत्रकार दिलबहादुर छत्याल जी र मेरो बीचको 'डिभेड'लाई जुन ढंगले ग्रहण गरियो/बुझियो त्यो ढंगले बुझ्नु पर्ने विषय थियो जस्तो मलाई लाग्दैन’ उनले भने, ‘सामान्य विषय हो यो । यसलाई त्यो ढंगमा बुझ्नु पर्दछ।’

    पत्रकार छत्याललाई मन्त्री शाहले दुर्व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले शून्य समयमा मन्त्रीको जवाफ माग गरेका थिए। आइतबार मन्त्रीलाई सोधिएका विषयमा मंगलबार मन्त्रीले जवाफ दिएका हुन्।

    मंगलबारको बैठकमा भूमि व्यवस्था, कषि तथा सहकारी मन्त्री विनीता चौधरीले ‘सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ टेबल गरेकी छन्। प्रदेश सभाको अर्को बैठक बुधबार दिउँसो ३ बजे आह्वान गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]