अर्थ

यती डेभलपमेन्ट बैंकले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने

असार २३, २०७३

    काठमाडौं : यती डेभलपमेण्ट बैंकले नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार पुँजी वृद्धिका लागि २ः१ को अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने तयारी गरेको छ। बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले २ः१ को अनुपातमा पुँजी बृद्धि गर्ने निर्णय गरेको हो। 

    हकप्रद शेयर निश्कासनपछि बैंकको पुँजी २ अर्ब ७ करोड पुग्नेछ। नपुग पुँजी आगामी बर्षको बोनस शेयर मार्फत पुरा गरिने बैंकले विज्ञप्ति मार्फत जनाएको छ। चुक्ता पुुँजी बृद्धिको साथै उपयुक्त मर्जरको लागि पनि ढोका खुला गरेको बैंकले जानकारी दिएको छ। 

    नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म राष्ट्रिय स्तरको विकास बैंकलाई चुक्तापुँजी २ अर्ब ५० करोड पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ। 

    हाल देशभर २५ वटा शाखाहरु मार्फत करिब १० अर्ब निक्षेप परिचालन गरेको यती डेभलपमेन्ट बैंकले ८ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले बचतमा ६ प्रतिशत ब्याज र ९.९९ प्रतिशत सम्ममा कर्जा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]