अर्थ

झापामा ७ लाख रुपैयाँमा अफ्रिकाबाट ल्याइयो दुईवटा बाख्रा

असार २५, २०७३

    भद्रपुर : जिल्ला पशुसेवा कार्यालय झापाले युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदान रकम लिएका किसानहरुको गोठ अनुगमन गरेको छ। पशुपालन, बाख्रापालन, बङ्गुरपालन र पशुपंक्षी बजार प्रवर्द्धन गर्न कार्यालयले चालु आर्थिक वर्षमा ६७ लाख रुपैयाँ अनुदान वितरण गरेको छ।

    एक फर्मलाई  दुई लाखदेखि तीन लाखसम्म अनुदान दिइएको र तिनको सदुपयोग भएको पाइएको अनुगमनपछि पशुसेवा सेवा कार्यालयका प्रमुख डा माधव दाहालले जानकारी दिए।

    अनुगमनका क्रममा झापा गोलधाप गाविसस्थित स्थानीय युवा गणेश पराजुलीद्वारा सञ्चालित प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट सात लाख नौ हजार रुपैयाँ खर्च गरेर ल्याइएका दुईवटा बोयर बाख्रा भेटिएका छन्। दैनिक ३०० देखि ४०० ग्राम तौल बढ्ने सो बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिए।  

    उनका अनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रा नेपाली हावापानीमा बिस्तारै अनुकुलन हुँदै गएको र यसबाट उत्पादन लागत र समय कम खर्च हुने तर उत्पादन बढी भई प्रशस्त आम्दानी गर्न सकिनेछ। 

    यसैगरी गरामनीस्थित सहारा कृषि परियोजनाले पशु विकास डेरी प्रवद्र्धनका लागि जिल्ला पशुसेवा कार्यालयबाट तीन लाख अनुदान पाएका परियोजना सञ्चालक लक्ष्मीप्रसाद सिटौला गाईपालनबाट प्रशस्त आम्दानी गर्न सफल भएका छन्। दैनिक २२५ लिटर दुग्ध उत्पादन हुने सो परियोजनामा दूध दुहुने यन्त्र खरिद गर्न पशु उत्पादन निर्देशनालयबाट ९० हजार रुपैयाँ थप अनुदान प्राप्त भएको थियो। पाँच जनाले प्रत्यक्ष रुपमा रोजगार पाएको सो परियोजनालाई अझ व्यावसायिक एवम् सुदृढ बनाइने सिटौलाको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]