राजनीति

कोइरालाको स्वास्थ्यमा सुधार, आइसियुबाट निकालिने

असार २६, २०७३

    काठमाडौं: ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। 

    उनी अहिले संवाद गर्न र खानेकुरा खानसक्ने भएको अस्पतालले जनाएको छ। 

    कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा हिँडडुल गराइने उपचारमा संलग्न डा हरिकिशोर श्रेष्ठले जानकारी दिएका छन्। 

    केहीदिनभित्र कोइरालालाई सघन उपचार कक्ष (आइसियु)बाट अन्तै सार्ने अस्पतालको तयारी छ। 

    “उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ, अब, सघन उपचार कक्षबाट निकालेर डिलक्स वार्डमा सार्छौं, अहिले बाहिर सार्दा भिजिटर धेरै हुने भएकाले आइसियुमै राखेका हौँ”, डा. श्रेष्ठले भने। 

    स्वास्थ्यमा एक्कासि खराबी आएपछि उपचारार्थ डा कोइरालालाई गत असार २२ गते बुधबार अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बिहीबार अपराह्नदेखि आइसियुमा राखिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]