राजनीति

राप्रपाको जिल्ला अधिवेशन आज देशैभर एकसाथ

माघ २५, २०७३

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशन मंगलबार देशैभर एकसाथ हुँदैछ। वडा, गाउँ, नगर हुँदै क्षेत्रीय अधिवेशन सकाएको राप्रपाले मंगलबार जिल्ला अधिवेशन गर्न लागेको हो।

    अधिवेशनबाट ७५ वटै जिल्लाका अध्यक्षसहित कार्यसमिति चयन हुनेछ। देशभर रहेका २४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सोमबार सम्पन्न भएको थियो। आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुन लागेको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न वडा, गाउँ, नगर हुँदै क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

    जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि नवनिर्वाचित कार्यसमितिको बैठकले महाधिवेशन प्रतिनिधि चयन गर्नेछ। तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते काठमाडौंमा एकीकरण भएपछि महाधिवेशन हुन लागेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]