काठमाडौँ : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्...
वालिङ : नेकपा एमालेका नेता माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको लोकप्रिय बजेट कार्यान्वयनका लागि चुनौती रहेको बताएका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाको घोषणा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिए। उनले भने, “बजेटको प्रभावकारी कार्यान्वयनका लागि अब नेता कार्यकर्ताहरु एक जुट हुनु आवश्यक छ।”
सरकार र एमालेलाई बदनाम गर्न भइरहेको दुष्प्रयास चिर्न सके मात्र एमाले अगाडि बढ्न सक्ने धारणा राख्दै उनले भने–“पार्टी नेतृत्वले कसैलाई काखा र पाखा गर्न हुँदैन।”
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।