विश्व

टर्कीको स्तानबुलमा आत्मघाती हमला, कम्तीमा ३६ को मृत्यु

असार १५, २०७३

    काठमाडौं : टर्कीको राजधानी स्तानबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आत्मघाती हमलामा कम्तीमा ३६ जनाको मृत्यु भएको छ।  घटनामा कम्तीमा ९० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

    युरोपकै व्यस्तमध्येको आटुटर्क अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार राति भएको हमलामा तीन जना आतंकवादीको संलग्नता रहेको अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ। 

    टर्कीका प्रधानमन्त्री बिनाली युलदरमले हमलामा आतंकवादी संगठन आइएसको संलग्नता रहेको संकेत मिलेको बताएका छन्।

    सामाजिक सञ्जालमा आएको एक भिडियो फुटेजमा एउटा आक्रमणकारी प्रहरीको गोली लागेपछि भूइँमा लडेको र उसले आत्मघाती भेस्ट विस्फोट गराएको जस्तो देखिएको समाचारमा जनाइएको छ।

    हमलापछि विमानहरु अवतरण गर्न दिइए पनि अन्य उडान भने बन्द गरिएको छ। टर्कीको राजधानी स्तानबुल पछिल्लो समय आतंकवादी संगठन आइएस र कुर्द चरमपन्थीको निशानामा पर्दै आइरहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]