काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
काठमाडौं- भूकम्पपीडितलाई दिइने आवास अनुदानका विषयमा प्रमुख प्रतिपक्षी कांग्रेसका दुई नेता महत दाजुभाइबीच खटपट भएको छ। भूकम्प पीडितलाई दिइने आवास अनुदान एकमुष्ट दिने वा नदिने भन्ने विषयमा कांग्रेस नेताहरु डा. रामशरण महत र डा. प्रकाशशरण महतबीच खटपट भएको हो।
लामो समय कोइराला समूह अर्थात पूर्व संस्थापनमा रहेका रामशरण महत र हालका सभापति शेरबहादुर देउवा समूहमा रहेका प्रकाश शरण महतबीच पीडितलाई कति किस्तामा अनुदान दिने भन्नेबारे विवाद भएको हो।
सरकार र प्रमुख प्रतिपक्षीबीचको मंगलबार भएको वार्तामा कांग्रेसले भूकम्पपीडितलाई एकै किस्तामा आवास अनुदान दिनुपर्ने कांग्रेसको अडानपछि वार्तामै रहेका तत्कालीन अर्थमन्त्री रामशरणले त्यसबारे हठ राख्न नहुने बताएका थिए। तर दाजु महतको भनाइलाई भाइ महतले त्यो बेला के भयो किन भयो भन्ने कुरा अहिले मतलब नहुने भन्दै एकै किस्तामा हुनुपर्ने बताएका श्रोतले जनाएको छ।
तत्कालीन अर्थमन्त्री रामशरण महतले अरु विषयमा हेरफेर वा परिवर्तन गरेर कुरा मिलाए पनि अनुदानबारे हेरफेर गर्न उचित नहुने बताएका थिए। सुशील कोइराला नेतृत्वको सरकारका अर्थमन्त्रीको हैसियतमा पीडितलाई दिने अनुदान सुविधा सम्बन्धी कार्यविधि निर्माणमा रामशरण प्रत्यक्ष संलग्न थिए। पटकपटक अर्थमन्त्री बनेका रामशरणको दाताहरुसँग राम्रो पहुँच र सम्बन्ध रहेका कारण पनि उनी अनुदान किस्ताबन्दीमा नै दिनुपर्नेमा धारणा राख्ने श्रोत बताउँछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।