खेलकुद

'यति फलोरि राष्ट्रिय महिला भलिबल'को उपाधि एपीएफलाई

फोटोः राखेप
असार १५, २०७३

    काठमाडौं: साविक विजेता एपीएफ क्लले 'यति फलोरि राष्ट्रिय महिला भलिबल' प्रतियोगीताको उपाधि जितेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा एपीएफले नेपाल पुलिस क्लबको टीमलाई २५–१६, २५–२० र २५–११ को सोझो सेटमा हराउदै उपाधि जितेको हो।
    पुररस्कार स्वरुप विजेता एपीएफले १ लाख, दोस्रो स्थानको पुलिसले ६० हजार र तेस्रो भएको न्यु डायमन्ड एकेडेमीले ४० हजार रुपैयाँ पाएको छ ।

    प्रतियोगिताको सर्वोत्कष्ट खेलाडीको पुरस्कार एपीएफकी सरस्वती चौधरीले पाइन्। उनले पुरस्कार स्वरुप १५ हजार रुपैयाँ र बुद्ध एयरको माउन्टेन फलाइट टिकट प्राप्त गरिन। 
    प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट स्पाइक, एपीएफकी नेविका चौधरी उत्कृष्ट सर्भर, एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लकर, एपीएफकी बिनिता बुढाथोकी उत्कृष्ट सेटर, नेपाल पुलिस क्लबकी कमला पुन उत्कृष्ट डिफेन्स भइन्। एपीएफका सुदेश कुमार रिमालले उत्कृष्ट प्रशिक्षकको ट्रफी पाए।
    असार १२ देखी सुरुभएको प्रतियोगितामा विभागीय टोली एपिएफ, पुलिस, त्रिभुवन आर्मी क्लब, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द र न्यु डायमन्ड एकेडेमीले प्रतिस्पर्धा गरेको थिए।
    बुधबार तेस्रो स्थानका लागि भएको खेलमा डायमन्डले पश्चिमाञ्चललाई २५–१४, २५–१९, २३–२५ र २५–१७ ले हराएको थियो।
    खेलको आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठान बालकोट रहेको थियो। प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबबहादुर विष्ट, नेपाल भलिबल संघ अध्यक्ष मनोरञ्जनरमण शर्मा, निवर्तनमा अध्यक्ष दान बहादुर तामाडले पुरस्कृत गरेको थिए। प्रतियोगिताको मुख्य प्रायोजक केडिया ग्रुप रहेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]