काठमाडौँ : कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको भ्रमणका लागि नेपालमा उच्च तयारी गरिएको छ। भोलि मंगलबार उनी नेपालको औपचारिक भ्...
दुई किस्तामा दिने सरकारसँगको सहमतिलाई भन्यो -स्वागतयोग्य
काठमाडौं : अन्तत प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भूकम्प पीडितलाई एकमुष्ट २ लाख रुपैयाँ दिनुपर्ने अडानबाट पछि हटेको छ। उसले सत्तारुढ दलसँग दुई किस्तामा अनुदान रकम उपलव्ध गराउने सहमति गरेको छ।
गत बिहीबारदेखि दिनमा तीन पटकसम्म संसद अवरोध गरेर वास्तविक भूकम्प पीडितको पीडा बोलेको प्रतिपक्षी कांग्रेस हप्तादिन नबित्दै पहिलो किस्तामा १ लाख ५० हजार र दोश्रो किस्तामा ५० हजार गरी दुई लाख दिन सहमत भएको छ।
भूकम्प पीडितलाई तीन किस्तामा दिने भनेको आवास अनुदान दुई किस्तामा दिने सहमतिको कांग्रेस संसदीय दलले स्वागत गरेको छ। कांग्रेस संसदीय दलले निकालेको विज्ञप्तीमा भनिएको छ 'भूकम्प पीडितलाई प्रथम किस्ता वापत एकलाख पचास हजार र दोस्रो अन्तिम किस्तामा बाँकी अनुदान प्रदान गर्ने, हाल पचास हजार बापत प्रथम किस्ता प्राप्त गरेकाहरुको हकमा तत्कालै थप एक लाख प्रदान गर्ने, छुटेका नामावली तत्कालै समावेश गर्ने, निष्पक्ष र पारदर्शी ढंगबाट भूकम्प पुनर्निर्माणको अभियानलाई साझा संकल्पका साथ अघि बढाउने बिषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सरकारबीच भएको सहमतिको स्वागत गर्दछौं।'
किन पछि हट्यो कांग्रेस?
आफ्नै नेतृत्वको सरकार हुँदा बिश्व बैंकसँग गरेको सम्झौता कांग्रेसलाई अहिले राखेको माग पूरा गर्न तगारो बन्यो। 'किस्ता किस्तामा रकम दिने सम्झौता किन गरेको त?' सत्तारुढ नेकपा एमालेले वार्तामा कांग्रेसलाई सोध्यो 'अहिले सत्तामा नहुँदा एकमुष्ट दिनुपर्छ भनेर मात्रै हुन्छ?'
अनुदान वितरण कार्यविधिमा तीन किस्तामा अनुदान रकम दिने भनिएको र विश्व बैंकसँग पनि किस्तावन्दीमा दिने सम्झौता भएकाले एकमुष्ट दिन अप्ठ्यारो हुनेमा काँग्रेस सहमत भएको हो। कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महत घर बनाइसकेकालाई एकमुष्ट दुई लाख दिने र पहिलो किस्ता १ लाख ५० हजार दिन सरकारलाई सहमत गराउनु उपलब्धीपूर्ण भएको बताए।
घर नै नबनाएकाहरुलाई एकै पटक दुई लाख दिँदा काम हुन्छ कि हुँदैछ भन्ने सरकारको तर्क मनासिव लागेर पहिलो किस्ता ५० हजारबाट बढाएर १ लाख ५० रुपैयाँ दिनेमा सहमति जनाएको महतले जानकारी दिए। 'सहमति भएको बिषयलाई संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिन सकिनेछ' भन्नुभयो, हामीले उठेर बिरोध गर्यौं' महतले भने 'प्रधानमन्त्री ओली सकेसम्म भूकम्प पीडितको मागलाई कांग्रेसको माग भनेर आलटाल गर्ने कोशिस गरिरहनुभएको छ।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।