काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारीसम्बन्धी प्रकरण नयाँ सत्त...
काठमाडौं : संसदमा विनियोजन विधेयक २०७३ मा छलफल सुरु हुँदा विभागीय मन्त्री उपस्थित नभएको भन्दै कांग्रेस सांसदहरुले विरोध जनाएपछि बैठक स्थगित गरिएको छ।
विनियोजन विधेयकमाथिको छलफल अन्तर्गत आज शान्ति तथा पुनर्निर्माण, गृह, वन तथा भू संरक्षण, शिक्षा, श्रम, अर्थ मन्त्रालयका बिभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसुची थियो।
तर बैठकमा गृहमन्त्री शक्ति बहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री दीपक बोहरा, शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकाल सहभागी नभएपछि कांग्रेस सांसदले सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराएका थिए।
कांग्रेस सांसद रामहरि खतिवडाले विधेयकमाथिको छलफल हुँदा बिभागीय मन्त्री उपस्थित हुन रुलिङ गर्न सभामुखसँग माग गरेका थिए। त्यसपछि सभामुख घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेकी हुन्।
विनियोजन विधेयकमाथि छलफल हुँदा सरकारका प्रतिनिधि संसदमा हुनुपर्ने प्रावधान रहेपनि कांग्रेसले भने सम्बन्धित मन्त्री नै उपस्थित हुनुपर्ने माग गरेको हो।
यसअघि बिहीबार नै बसेको संसद बैठकले नेपाल खुला विश्वविद्यालय विधेयक २०७२ बहुमतले पारित गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।