राजनीति

एनसेल टावरमा आक्रमण गर्ने कार्यकर्ता रिहाईको माग गर्दै विप्लव माओवादीले घेरे सिंहदरबार

फोटो : दीपक केसी
असार १६, २०७३

    काठमाडौं : मोवाइल सेवा प्रदायक कम्पनी एनसेल टावरमा आक्रमण गरेको आरोपमा पक्राउ परेका आफ्नो कार्यकर्ता रिहाईको माग गर्दै नेकपा- माओवादीले सिंहदरबार घेराउ गरेको छ।

    बिहीबार साढे १ बजे नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको माओवादीले काठमाडौंको शान्तिवाटिका, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा, माइतीघर, बबरमहलबाट निकालेको विरोध जुलुस हनुमानस्थानमा आई धर्नामा परिणत भएको थियो।   

    बिभिन्न मितिमा ४५ जिल्लामा नेकपा- माओवादीले एनसेल टावरहरुमा आक्रमण गर्दा त्यसमा संलग्न २० भन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ। माओवादीले तिनै कार्यकर्ता रिहाइको माग गर्दै सिंहदरबार घेराउ गरेको हो। 

    घेराउपछि माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पनि बुझाएका छन्। पार्टीका उपत्यका ब्युरो इन्चार्ज सन्तोष बुढा मगरसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। 

    भ्रष्टचारीलाई कारबाही, कालोबजारी नियन्त्रण र र महंगीका विरुद्धमा उत्रिएका आफ्ना कार्यकर्तालाई बिना शर्त रिहाई गर्नुका साथै भुकम्पपीडितलाई १० लाख दिनुपर्ने मागसहित उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्रत्र बुझाएका हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    सुमार्गी बी कम्प्लेक्स
    बबरमहल- ११, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: इमेल[email protected]
    फोन : ९७७-१- ४२६१९४१
    बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
    ९८५१०७६३३६(सञ्जय नेपाल)
    इमेल: [email protected]

    हाम्रो बारेमा

    प्रधान सम्पादक: तीर्थ कोइराला
    सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

    [विस्तृत]