समाज

हटाइयो उच्च माध्यमिक शिक्षा परिषदको साइन बोर्ड, लेखियो राष्ट्रिय परीक्षा बोर्ड

फोटो साभार : श्रीधर पौडेल/एडुखबर डटकम
असार १६, २०७३

    काठमाडौं : शिक्षा ऐन २०२८ को आठौं संशोधन विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेको भोलिपल्ट उच्च माध्यमिक शिक्षा परिषद्को साइनबोर्ड हटाइएको छ।

    ऐन संशोधनमा उच्च माध्यमिक शिक्षा परिषद खारेज गरी त्यसको सट्टामा राष्ट्रिय परीक्षा बोर्ड गठन गर्ने व्यवस्था उल्लेख भएपछि परिषद साइनबोर्ड हटाएर राष्ट्रिय परीक्षा बोर्डको साइनबोर्ड राखिएको छ।

    शिक्षा ऐन संशोधन विधेयकले कक्षा १२ सम्मलाई माध्यमिक तह मानेको छ। केन्द्रमा परीक्षा बोर्डको होडिङ बोर्ड टाँसेपनि क्षेत्रीय कार्यालयहरुमा भने उच्च माध्यमिक शिक्षा परिषदकै बोर्ड छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]