सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
काठमाडौँ : नेपाल र भारतबीच १९५० को सन्धिलगायत सबै विषयमाथि अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि गठन गरिएको प्रबुद्ध व्यक्ति समूह(इपीजी)को पहिलो बैठक आज सोमबारबाट सुरू हुँदैछ ।
दुवै पक्षका विज्ञ समूहले आफ्नो धारणा राख्नुका साथै त्यसमा विषयगत समीक्षा हुने दुई दिने बैठकमा दुईपक्षीय सम्बन्धका एजेण्डा तय गरिने छ । बैठकमा सहभागी हुनका लागि भारतीय टोली आईतबार काठमाडौँ आईपुगेको छ ।
दुईपक्षीय बैठकले तय गरेका र कार्यान्वयनमा आउन नसकेका सन्धी-सम्झौताका विषयहरूमा समेत छलफल गर्नेछ । यस्तै, हरेक वर्ष नेपाल र भारतबीच हुने सन्धी-सम्झौताको कार्यान्वयनका सम्बन्धमा पनि दुई देशका विज्ञबीच छलफल हुनेछ ।
प्रबुद्ध टोलीमा नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा संयोजक तथा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य रहेका छन् ।
त्यस्तै, भारतले सांसद भगतसिंह कोसियारीको संयोजकत्वमा पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र प्राध्यापक महेन्द्र पी लामा सदस्य रहेको समूह गठन गरेको छ ।
प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा भएको औपचारिक वार्तापछि जारी सातबुँदे सहमतिपत्रको सातौँ बुँदामा भारतले गठन गरेको समूहको नाम सार्वजनिक गरिएको थियो ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई ३–६ कात्तिक ०६८ मा भारत भ्रमणका क्रममा १९५० को सन्धिलगायतका विषय विज्ञ समूह (इपिजी) गठन गरेर तय गर्ने सहमति भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।