Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

पुष्पकमल दाहाल प्रचण्ड
चितवन-३/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा माओवादी केन्द्र
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ६३ -
प्राप्त मत ४८२६९
लिङ्ग पुरुष
हालको पद अध्यक्ष
शैक्षिक योग्यता: जनप्रशासनमा स्नातकोत्तर, कृषि विज्ञानमा स्नातक
अन्य विवरण:

वि.सं. २०११ सालमा कास्कीको ढुकुरपोखरीमा जन्मिएका दाहाल (नेकपा माओवादी केन्द्र)का अध्यक्ष हुन्। दाहाल सानै छँदा उनको परिवार कास्कीबाट चितवन बसाइँ सर्‍यो। झण्डै दुई दशक भूमिगत राजनीतिमा बिताएका प्रचण्डले २०५२ सालबाट १० वर्षसम्म सशस्त्र युद्धकाे नेतृत्व गरे। शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा काठमाडौं- १० र रोल्पा- २ बाट संविधानसभा सदस्यमा निर्वाचित दाहाल २०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने। त्यसपछि २०७३ साल साउन १९ गते उनले दोस्रो पटक प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरे।

राजनीतिमा आउनुअघि उनी शिक्षक थिए। २०२६ सालमा एसएलसी उत्तिर्ण गरेका दाहालले २०३० सालमा पाटन संयुक्त क्याम्पसबाट आइएस्सी गरे। २०३३ सालमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर चितवनबाट बीएस्सी उत्तिर्ण गरेका दाहालले २०३३ सालदेखि २०३५ सालसम्म गोरखा आरुघाटको भीमोदय माध्यमिक विद्यालय अध्यापन गरे।

शिक्षक पेसा छाडेपछि अर्धभूमिगत भएर कम्युनिष्ट राजनीतिमा लागेका दाहाल २०४६ सालमा नेकपा मशालको महामन्त्री बने। २०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री तथा २०५१ सालमा नेकपा माओवादीको महामन्त्री बने। २०५७ सालमा माओवादी अध्यक्ष बनेका दाहाल हालसम्म पनि पार्टी नेतृत्वमै छन्। दाहालले नेतृत्व गरेको तत्कालीन नेकपा माओवादी २०६४ सालको संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको थियो। त्यसपछि टुटफुटबाट गुज्रिएको माओवादी २०७० मा निकै ठूलो अन्तरले तेस्रो स्थानमा खुम्चियो। २०७४ को सुरुमा भएको स्थानीय तह निर्वाचनमा पनि तेस्रो नै बन्न पुग्यो।

नयाँ संविधान जारी भएपछि पहिलो पटक भइरहेको प्रतिनिधसभा तथा प्रदेशसभा निर्वाचनमा दाहाल एमालेसँगको गठबन्धनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन्। कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राप्रपाका विक्रम पाण्डे उनका प्रतिस्पर्धी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्