Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

शेरबहादुर देउवा
डडेल्धुरा/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ७१ -
प्राप्त मत २८४४६
लिङ्ग पुरुष
हालको पद सभापति
शैक्षिक योग्यता: राजनीति शास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक
अन्य विवरण:

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।  कांग्रेसको प्रभावशाली भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का संस्थापक सभापति हुन्। उनी २०२८ साल भदौमा चितवनमा भएको नेविसंघको पहिलो महाधिवेशनबाट सभापति निर्वाचित भएका थिए। त्यसपछि उनी करिब ९ वर्ष राजनीतिक बन्दीको रूपमा जेल परे।

देउवा तीन पटक प्रधानमन्त्री बनिसकेका सुदूरपश्चिमका हस्ती हुन्। कांग्रेस संसदीय दलको नेता भएर उनी २०५२ साल भदौमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। २०५८ साउनमा देउवा दोस्रो पटक प्रधानमन्त्री बने। तर उनलाई २०५९ असोज १८ गते अक्षमु भन्दै राजा ज्ञानेन्द्रले पदमुक्त गरे।

त्यसको दुई वर्षपछि २०६१ जेठमा फेरि उनैलाई राजाले प्रधानमन्त्री नियुक्त गरे। २०५९ साल जेठ ८ गते संसद विघटन गरेकोमा कांग्रेसले उनलाई साधारण सदस्यबाट समेत हटायो। त्यसपछि उनले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे। २०६२ सालमा जेलमा हुँदै उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको महाधिवेशनबाट सभापतिमा निर्वाचित भए। पहिलो संविधानसभा निर्वाचनअघि २०६४ साल भदौमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातन्त्रिकबीच एकीकरण भएपछि उनलाई पार्टीमा दोस्रो हैसियत दिइयो। देउवा २०४८ सालदेखि हरेक निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुने थोरै नेतामध्येमा पर्छन्।

२०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा उनी डडेलधुराबाट विजयी भए। २०६४ सालको निर्वाचनमा डडेलधुरा र कञ्चनपुरको क्षेत्र नम्बर ४ बाट निर्वाचित भए भने २०७० सालको निर्वाचनमा डडेलधुरा र कैलाली( ६ बाट निर्वाचित भए। देउवाले समाजवादी पार्टीहरूको अन्तर्राष्ट्रिय संगठन सोसलिस्ट इन्टरनेशनलको उपाध्यक्ष भई सन् २००८ जुनदेखि २०१२ सम्म काम गरेका थिए। बेलायतमा बसेर २०४६ सालको जनआन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन सहयोग गरेका देउवा २०४७ सालमा नेपाल फर्किए र कांग्रेसको सुदूरपश्चिमको राजनीतिक इन्चार्जको रूपमा काम गरे।

२०४८ सालमा झापाको कलबलगुडीमा भएको कांग्रेसको आठौँ महाधिवेशनपछि उनलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो। २०५३ सालको नवौँ महाधिवेशनबाट निर्वाचित पाँच केन्द्रीय सदस्यमध्ये देउवा पनि एक थिए। अध्ययन देउवाले कानुनमा स्नातक, व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) गरेका छन्। देउवाकी पत्नी डा। आरजु राणा संसद सदस्य छन् भने उनीहरूका छोरा जयवीर देउवा बेलायतमा अध्ययन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्