

झापा-३/प्रतिनिधिसभा सदस्य

दल | राष्ट्रिय प्रजातन्त्र पार्टी | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ५२ | - |
प्राप्त मत | ४४६१६ | |
लिङ्ग | पुरुष | |
हालको पद | महामन्त्री | |
शैक्षिक योग्यता: | स्नातकोत्तर |
वि.स. २०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका लिङ्देन राप्रपाको महामन्त्री हुन्। उनी झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा तेस्रोपटक चुनाव लड्दै छन्। उनले वाम गठबन्धनसंग तालमेल गरी प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन्। राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तरसम्मको अध्ययन गरेका लिङ्देनले २०३९ सालदेखि राजनीति सुरु गरेका हुन्।
राप्रपाको विद्यार्थी संगठन राष्ट्रवादी विद्यार्थी संगठनको संस्थापक अध्यक्षसमेत रहेका लिङ्देन २०४९ र २०५४ सालको चुनावमा झापाको गोलधापमा वडाध्यक्ष विजयी भए। २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित भए। २०५६ सालको चुनावमा झापा क्षेत्र नं ३ मा तेस्रो स्थानमा खुम्चिएका लिङ्देन २०७० सालको चुनावमा दोस्रो भए। त्यतिबेला आफूलाई हराउने कांग्रेसका कृष्ण सिटौलासँगै उनी प्रतिस्पर्धामा छन्। २०६४ सालमा राप्रपा नेपालको केन्द्रीय सदस्य बनेका लिङ्देन २०७० सालमा पार्टीको महामन्त्री बने।
नजिकै
-
विदेशमा चिया बेचेर नेपालले भित्र्याउँछ तीन करोड ८० लाख रुपैयाँ
प्रदेश १ : मुख्यमन्त्री कार्कीको एक महिना बिजनेसविहीन
प्रदेश १ : सरकारलाई हस्तान्तरण गरियो न्यूनतम साझा कार्यक्रम
कोशी अस्पतालमा भौतिक संरचना र जनशक्ति अभाव भएको चिकित्सकको गुनासो
प्रदेश १ को नामकरण यसपल्ट टुंगिने विश्वास छ : प्रदेश प्रमुख खापुङ
तपाईको प्रतिक्रिया दिनुहोस्