Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

केपी शर्मा ओली
झापा-५/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ६६ -
प्राप्त मत ५७१३९
लिङ्ग पुरुष
हालको पद नेकपा एमाले अध्यक्ष
शैक्षिक योग्यता: एसएलसी
अन्य विवरण:

वि.सं २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओली हाल नेकपा एमालेका केन्द्रीय अध्यक्ष हुन्। २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका ‌ओली २०२८ सालमा भएको झापा आन्दोलनको नेतृत्वकर्तामध्ये एक थिए। ओली त्यही वर्ष ओली जेल परे। पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा उनी २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल बसेका छन्।

ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। संविधानसभाको पहिलो निर्वाचन- २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भए।

तत्कालीन नेकपा (माले)को संस्थापकमध्येका एक ओली २०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य बने। २०७१ असारमा भएको पार्टी महाधिवेशनबाट उनी केन्द्रीय अध्यक्षमा निर्वाचित भए। हाल पार्टीको नेतृत्वव सम्हालिरहेका छन्।

संविधानसभाको दोस्रो निर्वाचन- २०७० मा झापा क्षेत्र नं ७ बाट निर्वाचित ओली नेकपा माओवादी केन्द्रसहितका दलको सहयोगमा २०७२ साल असोज २४ गते प्रधानमन्त्रीमा निर्वाचित भए। मुलुकका ३८औं प्रधानमन्त्री ओलीले ९ महिनासम्म सरकारको नेतृत्व गरे। प्रधानमन्त्री बन्नुअघि ओली गृहमन्त्री, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीसमेत भएका छन्। ओली २०५१ सालमा मनमोन अधिकारी नेतृत्वको ९ महिने सरकारमा गृहमन्त्री थिए। २०६४ देखि २०६५ सम्म उनी उपप्रधान एवम् परराष्ट्र मन्त्री बने। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका ओली कांग्रेसका डा. खगेन्द्र अधिकारीसँग प्रतिस्पर्धामा छन्। उनलाई माओवादी र राप्रपासमेतको समर्थन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्