
मोरङ-१/प्रतिनिधिसभा सदस्य

दल | नेकपा एमाले |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | ३७५२४ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
घनश्याम खतिवडा २०१८ साल कार्तिक १२ गते ताप्लेजुङको नाङखोलेन गाउमा बुबा इन्द्रप्रसाद र आमा कृष्णमायाको कोखबाट जन्मिएका हुन्। २०३८ सालमा तत्कालिन मालेको पार्टी सदस्यता प्राप्त गरेका खतिवडाले २०४१ सालमा मालेको इलाका सदस्य हुँदै २०४४ साल देखि लगातार रुपमा ०६७ साल सम्म एमाले मोरङको जिल्ला सदस्यको रुपमा रहेर क्रियासिल भए। त्यस पछि एमाले कोशी अञ्चल समन्वय कमिटीको सदस्यय हुँदै अहिले १ नं प्रदेशको प्रदेश कमिटी सदस्य भएका थिए।
राजनीतिक शास्त्र र अर्थशास्त्रमा स्नातक तह सम्मको अध्ययन पुरा गरेका खतिवडाले मोरङको केराबारी स्थित बुद्ध निमाबिमा चार बर्ष शिक्षण पेशा समेत गरे। प्रजातन्त्रको पुनःस्थापना पछि २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङ गाविसको अध्यक्षमा निर्वाति भए।२०७० सालमा सम्पन्न संबिधान सभाको दोस्रो निर्वाचनमा एमालेबाट उम्मेद्वार भएर पराजित हुन पुगेका थिए।
नजिकै
-
कोशी प्रदेशसभा : बैठक आरम्भ हुनुअघि एमाले र राप्रपाको विरोध
निर्वाचित भएर आएकाको न्याय शैली फरक हुनुपर्छ : मुख्यमन्त्री कार्की
महिलाको अधिकारका निम्ति कुनै सांसदले बजेट मागेका छैनन् : मुख्यमन्त्री कार्की
पुराना दललाई सुधार्ने अस्त्र हो ‘दिमाग खराब’
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन योगेशको चेतावनी
तपाईको प्रतिक्रिया दिनुहोस्