Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

प्रकाशशरण महत
काठमाडौं-५/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १३०६९
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति, संसदीय समिति (बोर्ड) सदस्य रहेका कांग्रेस केन्द्रीय सदस्य डा.प्रकाशशरण महत विगत तीन दशकदेखि राजनीतिमा सक्रिय छन्।

०३५ देखि काठमाडौंको बाँसघारीमा बसोवास गर्दै आएका महत ०१६ मा नुवाकोटको कविलासमा जन्मिएका हुन्। काठमाडौंको शान्ति विद्यागृह हाइस्कुल लैनचौरमा माध्यमिक शिक्षा आर्जन गरेका डा. महतले उच्च शिक्षा महाराजगञ्ज क्याम्पस, कीर्तिपुर क्याम्पस र अमेरिकाको युनिभर्सिटी अफ इलिनोयज र साउदर्न इलिनोयज युनिभर्सिटीबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्।

०३९ देखि ०४४ सम्म नेपाल विद्यार्थी संघको महामन्त्रीको भूमिका निर्वाह गरेका महत ०६३ मा व्यवस्थापिका संसद् सदस्य तथा ०६४ र ०७० मा संविधानसभा सदस्य भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्