काम गराएर खाद्यान्‍न दिइने

|
फाइल तस्बिर

काठमाडौं : लकडाउनमा पनि शंखरापुर नगरपालिकाभित्रका सम्‍पूर्ण विकासका योजना धमाधम अघि बढाइएको छ। नगरपालिकाले लकडाउनमा पनि कामदारको स्वास्थ्यलाई ध्यानमा राख्दै स्थानीय तहबाट सञ्चालन हुने विकासका योजना अघि बढाएको हो।

शंखरापुर नगरपालिकाका सूचना अधिकारी सन्तोष आचार्यले लकडाउनमा पनि नगरपालिकाभित्रको विकास योजनाका काम नरोकेको जानकारी दिए। ‘कोरोना भाइरस महामारीका कारण अहिले देश लकडाउनमा छ,’उनले भने,‘तर, हाम्रो नगरपालिकाभित्रका विकास योजनाका काम रोकिएको छैन। निर्माण सामग्रीले पुगेसम्म अहिले धमाधम काम भइरहेको छ।’

उनका अनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास योजनाभित्रका जोरपाटी– साँखु सडक विस्तार,वडाभित्रका भित्री सडकको पिच र मर्मत सम्भार लगायतको  काम अहिले भइरहेको छ। साँखु जाने सडकमा ढलको नाली हाल्ने काम हुँदै आएको छ। त्यस्तैगरी डाँछी क्षेत्रको सडक विस्तारको काम पनि अहिले भइरहेको छ। 

काम गराएर खाद्यान्‍न दिइने
सूचना अधिकारी आचार्यका अनुसार नगरपालिकाले काम गराएर कामदारलाई खाद्यान्‍न उपलब्ध गराउने योजना ल्याएको छ। उनले भने,‘लकडाउनले धेरै मजदुर भोकभोकै बस्न बाध्य भएका छन्। त्यसैले राहतको लागि खाद्यान्‍न भनेर कार्यविधि बनाएका छौँ। अब यो कार्यविधि नगरपालिकाले छिट्टै कार्यान्वयनमा ल्याउँदै छ।’

उनका अनुसार एक घरका व्यक्तिलाई हप्तामा दुई दिन उपभोक्ता मार्फतको काम वा टेन्डरका काम गर्न दिइने छ। प्रतिव्यक्ति ७ सय ५० को दरले पैसा  वा सोही दरका अनुसारले खाद्यान्‍न दिइनेछ। काम गर्न इच्छुकले वडा–वडामा निवदेन बुझाउनुपर्ने छ। त्यसपछि वडाले नगरपालिकामा सबै विवरण पठाई स्वीकृत गराएपछि काम गर्न पाइनेछ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.