|

डडेल्धुरा : सुदूरपश्‍चिममा मंगलबार थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा कोरोना परीक्षण गर्दा यहाँका थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक-एक जनामा कोरोना पुष्टि भएको हो।

कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० वर्षीय पुरुष, धनगढी उप-महानगरपालिकाका दुई वर्षीय बालिका र २८ वर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ वर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ वर्षीय युवक, दार्चुलाको लेकम गाउँपालिकाका २६ वर्षीय युवक, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५ मा गरिएको परीक्षणमा अछामकी एक महिलामा मंगलबार नै कोरोना पुष्टि भएको थियो। योसंगै सुदूरपश्‍चिममा संक्रमितको संख्या एक सय ५८ पुगेको छ। 

सोमबार एकै दिन थप ३७ जनाको कोराना संक्रमण पुष्टि भएको थियो। कञ्चनपुरका १९ जना, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

कञ्चनपुरको पुनर्वास नगरपालिकाका १९, ४३, ४०, २९, ४८, २०, २४, ३१, ३९, ३०, २७, २२ र ३६ वर्षीय पुरुष कोरोना देखिएको थियो।  भीमदत्त नगरपालिकाका दुई महिला र तीन पुरुषमा कोरोना पुष्टि भएको थियो । नगरपालिकाकी ४३ र ३२ वर्षीया महिला तथा २३, २५ र ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। 

शुक्लाफाटा नगरपालिकाका २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ। दार्चुलाको शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक-एक पुरुषमा कोरोना पुष्टि भएको थियो। शैल्यशिखरका ३४, ३०, २७, २९, २०, १७, २० र २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।

डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुषमा कोरोना पुष्टि भएको थियो। परशुराम नगरपालिकाका जोगबुढाका २२, २५ र ५७ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो।

नवदुर्गाका २० र २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। अमरगढी नगरपालिका ५ की १८ वर्षीया युवती र वडा नं. १ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.