पछिल्लो २४ घण्टामा ९० जना संक्रमित अस्पतालबाट डिस्चार्ज

|

काठमाडौंः नेपालमा हालसम्म ६ सय ७४ जना कोरोना संक्रमित उपचारपछि स्वस्थ भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मात्र देशभरका विभिनन अस्पतालमा उपचाररत कोरोना संक्रमित मध्ये ९० जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएको बताए।

तीमध्ये कोभिड–१९ अस्पताल जनकपुरबाट ३७ जना, सिराहबाट २० जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना, कोरोना अस्पताल बेलझुण्डी दाङबाट ७ जना, कोशी अस्पतालबाट ६ जना तथा कोभिड–१९ युनिफाइड अस्पताल बलम्बुबाट र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक–एक जना संक्रमित निको भएर घर फर्केका हुन्।

आजको अपडेटअनुसार ३ हजार ६ सय ७५ जना संक्रमित देशभरर आइसोलेसन रहेका छन्। १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन्। मृत्यु हुनेको संख्या १५ जना जनामा र कोरोना फैलिएका जिल्ला ७२ नै रहेको बताइएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिमार्फत ४ हजार ४१४ वटा कोरोना भाइरसको परीक्षण गरिएको छ। यससंँ नेपालमा हालसम्म गरिएको पिसिआर विधिमार्फत गरिएको कोरोना परीक्षणको संख्या १ लाख १० हजार ७४४ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ७ सय २२ सहित हालसम्म आरडिटी परीक्षणको संख्या १ लाख ७२ हजार ८८० पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.