|

जुम्ला : हिमा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७८ जनाको पीसीआर रिपोर्ट निगेटिभ आएको छ। वडा न. ५ स्थित कालिका माविमा बनाइएको  क्वारेन्टाइनमा बसेकाहरूको परीक्षण नतिजा नेगेटिभ आएको गाउँपालिकाले जानकारी दिएको छ। 

त्यहाँ रहेका सबै ७८ जनाको परीक्षण नतिजा निगेटिभ आएकाले आ-आफ्ना घर पठाइने हिमा गाउँपालिकाका स्वाथ्य शाखा प्रमुख रतन बहादुर रावतले बताए। उनका अनुसार गाउँपालिकाले क्वारेन्टाइनमा बसेको १४ दिनपछि २६ गते स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो। उनीहरूको पिसीआर परीक्षण गर्दा कोरोना नभएको अर्थात निगेटिभ आएपछि घर पठाइन लागिएको हो।

त्यस्तै, तातोपानी गाउँपालिकाका ११५ जनाको पनि परीक्षण नतिजा निगेटिभ आएको छ। दुर्गा मावि लाम्रा र नेत्रज्योती मावि हाँकुमा निमार्ण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टाइनमा बसेका सबै जनाको रिपोट निगेटिभ आएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरीएको पीसीआर परीक्षणको नतिजामा नेगेटिभ आएपछि ९५ जना मंगलबार घर गएका थिए। बुधबार २० जनाको पिसीआर परीक्षण नतिजा आएपछि उनीहरूलाई पनि घर पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले जानकारी दिए।

उनले भने, 'उनीहरूलाई ७ दिनसम्मा अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्न सुझाव दिएका छौं।' उनीहरू लकडाउनको समयमा नपालका विभिन्‍न जिल्लाबाट र भारतको गुजरात, नैनताल लगायतका क्षेत्रबाट आएका थिए। १४ दिन क्वारेन्टाइनमा बसेपछि उनीहरूको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ११५ जनाकै नतिजा नेगेटिभ कर्णाली प्रतिष्ठानले जनाएको छ।

विपन्‍नका लागि रोजगार कार्यक्रम

जुम्लाको हिमा गाउँपालिकाका न्युन आयस्रोत भएकालाई रोजगारीका कार्यक्रम सुरू गरेको छ। लकडाउनको समयमा बिहान-बेलुकाको छाक टार्न मुस्किल हुनेहरूका लागी मूख्यमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान गरिएको हो।

लकडाउनका बेला नागरिकको रोजीरोटी सुनिश्चित गर्न कार्यक्रम सुरू गरिएको गाउँपालिकाको रोजगार शाखा संयोजक दीपेन्द्र पौडेलले बताए। उनका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा जारी लकडाउनका कारण घरखर्च चलाउन गाह्रो भएकाहरूका लागी र रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचिकृत भएका एक हजार ७८५ जना बेरोजगार व्यक्तिहरू मध्येबाट प्राथमिकताका आधारमा ३३९ जनालाई २० दिनसम्म रोजगारी दिन लागिएको हो।

रोजगारमा संलग्नहरूलाई दैनिक ६६० रुपैयाँ ज्याला प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.