स्वास्थ्यले २ अर्ब ७१ करोड २९ लाख ४७ हजार मात्र निकासा पाएको स्पष्ट

|

काठमाडौंः पछिल्लो साता देशभर सरकारविरुद्ध प्रर्दशन वढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत गराएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जुलुस गर्दा सामाजिक दूरी नरहने र नारा लगाउँदा कोरोना भाइरस बढी सर्न सक्ने भएकाले महामारीका बेला भिडभाड र जुलुस गर्दा आत्मघाती हुन सक्ने बताए।  

‘हामीले पिसिआर परीक्षणको दायरा बढाउँदै लगेका छौं। असार १५ गतेसम्म दैनिक १० हजार परीक्षण गर्ने लक्ष्य छ, तर भिडभाडले संक्रमण धेरै बढ्दै गए यो संख्या पनि अपुग हुनसक्छ,’ उनले थपे, 'एक जिल्लामा २ सय बढी एक्टिभ संक्रमित भएमा पूर्ण लकडाउन गरिन्छ। ब्यापार ब्यवसाय झन् धरासायी हुने र जीवन कष्टकर हुने अवस्था आउँछ ।’ 

यतिबेला सरकारले कोरोना महामारीका बेला खर्च भएको भनिएको रकमको विवरण सार्वजनिक गर्न माग भइरहेका बेला प्रवक्ता गौतमले स्वास्थ्य मन्त्रालयले कोरोना प्रतिकार्य तथा ब्यवस्थापनतर्फ हालसम्म २ अर्ब ७१ करोड २९ लाख ४७ हजार मात्र निकासा पाएको र १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार खर्च भएको जानकारीसमेत दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.