स्वास्थ्य, अर्थतन्त्र र रोजगारी सिर्जनामा केन्द्रित

|

बुटवल : प्रदेश ५ सरकारले ०७७/७८ का लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको वार्षिक बजेट सोमबार प्रदेश सभामा प्रस्तुत गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा बजेट प्रस्तुत गरेका हुन्। 

बजेट पेस गर्दै मुख्यमन्त्री पोखरेलले चालु खर्चतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ १८ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएको बताए। त्यस्तै प्रदेशले स्थानीय सरकारलाई गर्ने वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड ५० हजार रुपैयाँ छुट्याएको छ। 

मुख्यमन्त्री पोखरेलका अनुसार आगामी वर्षका लागि चालु वर्षमा विनियोजन गरिएको चालुखर्च भन्दा कम आकारको विनियोजन गरिएको छ। यद्यपि पुँजीगत खर्चतर्फको बजेटमा भने आकार बढाइएको उनले बताए। 

बजेटले स्वास्थ्य पूर्वाधार, अर्थतन्त्र पुनरुत्थान र उत्पादनमूलक रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ। कोरोना महामारीकै कारणले गएका बजेटमा भन्दा भिन्दै प्राथमिकता छनोट गरिएका हुन्। 

प्रदेश सरकारले आवश्यक परेको खण्डमा ऋण लिने गरी आन्तरिक राजस्व, राजस्व बाँडफाँट, रोयल्टी बाँडफाँट र संघबाट हस्तान्तरण भई आएका अनुदानबाटै स्रोत जुटाउने भएको छ। 

बजेटमा स्रोतको अनुमान आन्तरिक राजस्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानतर्फ ४८ करोड ३३ विशेष अनुदानबाट र २१ करोड र चालु वर्षको खर्च हुन नसकेको रकमबाट ७ अर्ब ९४ करोड ५० लाख गरिएको छ। 

प्रदेश ५ सरकारले अघिल्लो वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको थियो। 

बजेटको पूर्ण पाठ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.