|

सुनसरी : प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका २०७७/७८ को लागि कुल ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ। सरकारले चालूतर्फ १८ अर्ब ९३ करोड (४६.२९%) र पूँजीगततर्फ २१ अर्ब ९२ करोड (५३.७१%) रहेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले वित्तिय व्यवस्थापन तर्फ ४ करोड र अन्तर सरकारी वित्त हस्तान्तरणमा लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको बताए।

स्रोतको बिसयमा मन्त्रि आङ्ग्बो आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने बताएका छन्।

त्यसै गरि स्रोत बाट नपुगेको रकम ५ अर्ब रकम नेपाल सरकार संग ऋण लिने आङ्ग्बोले बताए। अन्तर सरकारी बित्त व्यवस्थापन ऐन २०७५ को दफा १५ अनुसार प्रदेश सरकारले नेपाल सरकारबाट ऋण लिने भएको हो।

कोशी अस्पताललाई ५० करोड

प्रदेश १ को बजेटमा सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको जनाएको छ। त्यसैले संघिय सरकारको मातहत रहेको विराटनगरस्थित कोशी अस्पतालमा प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको बनाउने भएको छ।

प्रदेश सरकारको बजेटमा स्वास्थ्य सरुवा रोग तथा अनुसन्धान केन्द्रको रुपमा कोसी कोभिड अस्पताल विराटनगरलाई विकास गर्न रु.५० करोड विनियोजन गरेको बताएका हुन्।

यस्तै स्वास्थ्यको क्षेत्रमा प्रदेशले धनकुटा प्रादेशिक अस्पतालको स्तरउन्नति गर्ने भएको छ। प्रदेश भित्रका जिल्ला अस्पतालहरुलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरउन्नती गर्ने र २५ शैयाको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको आङ्ग्बोले बताए।

आङ्ग्बोका अनुसार अक्सिजन र फोहोर मैला व्यवस्थापन मेसिनसहित अस्पताल सेवा विस्तार गर्न एक करोड छुट्याएको छ। पीसीआर मेसिन र अन्य स्वास्थ्य सामग्री खरिदका रु ६ करोड बजेट छुट्याइएको मन्त्री आङ्बोले बताए।

कांग्रेसको प्रतिक्रिया : कार्यकर्ता पोस्‍ने बजेट

प्रदेश सरकारको बजेटको बिसयमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले व्यक्ति बिसेषको लागि बजेट आएको प्रतिक्रिया दिएको छ।  कोभिड १९ जोखिमले पारेको प्रभाव र त्यसबाट बच्ने गरि बजेटले कार्यक्रममा समेट्नु पर्नेमा बरु उल्टै व्यक्ति विशेष बजेट ल्याएको भन्दै आलोचना गरेको हो।

संसदीय दलका नेता राजिव कोइरालाले बजेटले तत्कालको आवश्यतालाई सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिएका थिए। उनले मुख्यमन्त्रीको नाममा मात्र ४५ करोडको बजेट विनियोजन गर्नुले अझैपनि व्यक्ति केन्द्रित र कार्यकर्ता पोस्ने मात्र काम भएको उनको आरोप छ।\

पूर्ण पाठ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.