|
फाइल फोटो

काठमाडौं : अमेरिकाबाट नेपाल फर्कन चाहनेहरूका लागि आगामी साता दुईवटा चार्टर उडान गर्न लागिएको छ। 

कोरोना महामारीका कारण नेपाल आउन समस्यामा परेकाहरूलाई ल्याउन सरकारले जुन २३ र २५ तारिखमा अमेरिकाबाट चार्टर उडानको व्यवस्था मिलाएको हो। 

अमेरिकास्थित नेपाली दूतावासले एक जरुरी सूचना जारी गर्दै नेपाल फर्कन दुतावासमा अनलाइन फर्म भरेकाहरूलाई प्राथमिकताक्रम सूचीअनुसार आफूलाई अनुकूल पर्ने फ्लाइटका लागि सम्बन्धित हवाइ संस्थाले तोकेको आधिकारिक एजेन्सीसँग सम्पर्क राख्न अनुरोध गरेको छ। 

टर्किस एअरवेजले जुन ३२ तारिखमा न्युयोर्कबाट र २५ तारिखमा सिकागोबाट नेपालमा चार्टर उडान भर्नेछ। यस्तै कतार एयरवेजले जुन ३२ तारिखमा वासिंग्टन डिसी र २५ तारिखमा डालासबाट नेपालतर्फ चार्टर उडान गर्नेछ। 

दूतावासले जारी गरेको सूचना :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.