|

दैलेख : कर्णालीमा सबैभन्दा बढी संक्रमित भेटिएकाे दैलेखमा मंगलबार १ सय ८४ जनाले कोरोना जितेका छन्। दुल्लु अस्पतालबाट २७ जना र दैलेख अस्पतालबाट १ सय २० जना डिस्चार्ज भएका हुन्।

११ वटा स्थानीय तह रहेको दैलेखमा कर्णालीकै पहिलो संक्रमित आठबिस नगरपालिकामा भेटिएका थिए। जिल्लामा हालसम्म नारायण नगरपालिकामा संक्रमितको संख्या धेरै छ भने दोस्रो बढी संक्रमीत नौमुले गाउँपालिका हो। 

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार मंगलबारसम्म दैलेखमा कोरोना संक्रमितको संख्या ६३३ पुगेको छ। तीमध्ये ५ सय ९३ जना पुरुष छन्। 

कोरोना जित्ने कहाँका कति ?

१ सय ९९ जना कोरोनाका बिरामी रहेको नारायण नगरपालिकाबाट हालसम्म ४ महिला र १ सय ४१ जना पुरुष कोरोना संक्रमणबाट निको भएका छन्। ७२ जना संक्रमित रहेको दुल्लुमा हालसम्म २ जना महिला २७ जना पुरुष गरी ३४ जनाले कोरोना जितेका छन्। 

६८ जना कोरोनाका बिरामी रहेको डुंगेश्वर गाउँपालिकामा १ जना महिला र २ जना पुरुष गरी ३ जनाले कोरोना जितेका छन्। हाल सम्म २ जना पुरुषमा कोरोना पुष्टि भएको गुरास गाउँपालिकामा दुबै जनाले कोरोना जितेर घर गएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.