|

बैतडी :  बैतडीका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।   

भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर क्वारेन्टाइनमा बसी आरडीटी रिपोट पोजेटिभ देखिएकाहरुको पीसीआर रिपोट पनि पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।   आज थपिएका संक्रमित मध्ये दशरथचन्द नगरपालिका १० जना, सिगास गाउँपालिकाका ६ जना,पञ्चेश्वर गाउँपालिकाका ४ जना, सुर्नया गाउँपालिकाका ३ जना र पाटन नगरपालिकाका २ जना रहेका छन्।

नयाँ संक्रमित २५ जना मध्ये २ जना महिला र २३ जना पुरुष रहेका छन्। दशरथचन्द नगरपालिकाका १४ बर्षीया बालिका, २१, ३३, २०, २६, ४०,२८, २५, २८ र २४  बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो। यस्तै सुर्नया गाउँपालिकाका २१,४५ र २८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने सिगास गाउँपालिकाका २१ बर्षीया महिला, २४,२२ र १८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। सिगासका संक्रमित २ जनाको उमेर नखुलेको स्वास्थ्य कार्यालयले जनाएको छ। यस्तै पञ्चेश्वर गाउँपालिका २६,४०,२३ र ३१ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। 
यसअघि बैतडीका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसंगै बैतडीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ। 

नयाँ थपिएका संक्रमितहरु क्वारेन्टाइनमै रहेका जानकारी आएको र उनीहरुको स्वास्थ्य अवस्था हेरेर आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए।  स्वाब संकलन भएको मितिदेखि १४ दिन पुगेका र कुनै लक्षण नदेखिएकाहरुलाई भने होम आइसोलेसनमा राखिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। 

६ स्थानीय तहमा कोरोना फैलियो

बैतडीका ६ स्थानीय तहमा कोरोना संक्रमित भेट्टिएका छन्। बैतडीमा ५२ जनामा कोरोना पुष्टि हुँदा दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाबाहेक जिल्लाका अन्य ६ स्थानीय तहमा कोरोना संक्रमित भेट्टिएका स्वास्थ्य कार्यालयले जनाएको छ।  

सबैभन्दा बढी शिवनाथ गाउँपालिकामा  २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभयो ।   दशरथचन्द नगरपालिकामा १०, सिगास गाउँपालिकाका ६, पञ्चेश्वर गाउँपालिकाका ४ , पाटन नगरपालिका र सुर्नया गाउँपालिकामा  ३÷३ जनाका कोरोना पुष्टि भएको हो ।

उनीहरु सबै भारतबाट फर्किएका र आरडिटी पोजेटिभ आएका हुन् ।  बैतडीमा गत जेठ ९ गते पहिलो संक्रमित भेट्टिएकोमा हालसम्म ५२ जनामा पुष्टि भएको   छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.