|

काठमाडौं :  अध्यागमन विभागले बन्दाबन्दीका कारण नेपालमा रोकिएका पर्यटकहरूको भिसा नि:शुल्क गर्ने भएपछि दैनिक ५० भन्दा बढी विदेशी नागरिक भिसाको बारेमा बुझ्न आउने गरेका छन्।

नियमित अन्तर्राष्ट्रिय उडान भएको १५ दिनभित्रमा स्वदेश फर्कन चाहेमा उनीहरुलाई नि:शुल्क भिसा सेवा प्रदान गर्ने अध्यागमन विभागले जनाएको छ। असार १ गते देखि भिसा प्रक्रिया खुला गरेपछि दैनिक ४ सय भन्दा बढी विदेशी नागरिक भिसाको समय थप्न आएको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले बताए।

पर्यटक भिसामा नेपालमा बसेकालाई मात्र भिसा सेवा नि:शुल्क दिने उनले जानकारी दिए। उनका अनुसार अन्य भिसामा रहेका विदेशी जरिवाना शुल्क नलिने निर्णय भएको छ। तीन दिन अगाडि भिसा नवीकरण गर्दाको शुल्क फिर्ता हुदैन। नयाँ भिसा नवीकरणमा  शुल्क लाग्दैन। नेपालमा पर्यटक भिसामा रहेकाहरुले अध्यागमन विभागमा भिसा नवीकरण गर्न आइरहनु पर्दैन। 

भिसा नवीकरण गर्नको लागि चीनका नागरिक सबैभन्दा बढी आउने गरेको प्रवक्ता तिवारीले जानकारी दिए। अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र ब्राजिल लगायत अन्य मुलुकका विदेशी नागरिकहरु आइरहेका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.