|

काठमाडौं : कलाकार तथा सञ्चारकर्मी चिरञ्जीवी सापकोटाले ‘जात’ बोलको गीत सार्वजनिक गरेका छन्। रुकुम घटनापछि मुलुकमा जातिय विभेदको विषय उत्कर्षमा पुग्दै गर्दा उनले गीतमार्फत जातीयरुपमा गरिने विभेदको कुरा उजागर गरेका हुन्।

गीतमा सापकोटा, गायक प्रताव दास र प्रविन भट्टको आवाज छ, भने रवीन्द्र सुवेदीको शब्द तथा ओम सुनारको संगीत रहेको छ। गीतको भिडियोमा रवि सुनार र गीता ढुंगानाको अभिनय छ। ढुंगाना अहिले लोकप्रिय बन्दै गएको टिकटक एपमा चर्चित छिन्।

गीत आहा टिभीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकै क्रममा उनले यसअघि ‘भाग कोरोना’ तथा भारतसँग सीमा विवादको विषय उठेका बेला ‘इतिहास’ बोलको गीत सार्वजनिक गरेका थिए। सापकोटाले गीतमा समाजमा अझै पनि जातको आधारमा भेदभाव गर्न हुँदैन भन्ने चेतना अभिवृद्धि नभइसकेका कारण आम मानिसमा विभेद गर्न नहुने विषयको जानकारी दिने उद्देश्यले गीत निर्माण गरिएको बताए।  

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.